ट्रेण्डिङ

होमपेज / राजनीति

वाग्मतीका मुख्यमन्त्री पाण्डेविरुद्ध कांग्रेस र माओवादीले थाले हस्ताक्षर संकलन

नेपालगाथा २०७९ असार १६ गते बिहीबार १४:२७:२३ मा प्रकाशित

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् ।

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशन बिना सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गर्न सुरु गरेको हो ।

सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलबीच वागमती प्रदेश सरकारको नेतृत्वबारे भएको लिखित सहमति नेपाल प्रेसले केही दिनअघि सार्वजनिक गरेको थियो । उक्त लिखित सहमतिमा प्रदेशसभाका बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top