ट्रेण्डिङ

होमपेज / राजनीति

उपेन्द्र यादव र बाबुराम भट्टराईबीच अलग–अलग अघि बढ्ने समझदारी

नेपालगाथा २०७९ असार १६ गते बिहीबार १४:०२:४३ मा प्रकाशित

काठमाडौं । लामो समयदेखि आन्तरिक किचलोमा अलमलिएको जनता समाजवादी पार्टी (जसपा) औपचारिक रूपमै विभाजन हुने भएको छ ।

सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच गएराति अबेरसम्म वार्ता भएको थियो ।त्यसको पुष्टि गर्दै कार्यकारिणी अध्यक्ष यादवले भने, ‘अब हामी अलगअलग बसेर सँगै जाने निष्कर्षमा पुग्यौँ । डा’साबले अलग्गै पार्टी खोल्नुहुन्छ । त्यो पार्टीसँग हामी कार्यगत एकता गर्छौं ।’

उनले भविश्यमा पनि गठबन्धन र सहकार्यको बाटो भने खुला राखेर अलग हुने निर्णयमा पुगेको पनि जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top