ट्रेण्डिङ

होमपेज / राजनीति

निजगढ विमानस्थल हचुवाको भरमा विकास नहुने सर्वोच्चको ठहर

सर्वोच्चको फैसलामा के छ ? (पूर्णपाठ)

नेपालगाथा २०७९ असार १५ गते बुधबार १९:१०:४७ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले हचुवाका भरमा विकास निर्माणको काम नहुने ठहर गर्दै बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश गरेको छ ।

पाँचजना न्यायाधीशको पूर्ण इजलासले जेठ १२ गते निजगढ विमानस्थलको विकल्प खोज्न आदेश दिएको थियो ।न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले जेठ १२ गते सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरु उत्प्रेषणको आदेशले बदर गरेको थियो ।

उक्त इजलासमा न्यायाधीशबीच नै मत बाझिएको पाइएको छ ।बहुमत न्यायाधीश विश्वम्भर श्रेष्ठ,ईश्वर खतिवडा र प्रकाशमान सिंह राउतले भने विमानस्थल निर्माण सम्बन्धमा भएका अहिलेसम्मका सबै निर्णय र काम कारबाही उत्प्रेषणको आदेशबाट बदर हुने फैसला गरेका छन् ।बहुमत न्यायाधीशले विभिन्न वातावरणीय कारण, वन विनाश लगायतका आधार देखाउँदै निजगढको विकल्प खोज्नुपर्ने फैसला गरेका छन् ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top