ट्रेण्डिङ

होमपेज / राजनीति

वामदेवको पार्टीमा सात उपाध्यक्षसहित १२ पदाधिकारी

नेपालगाथा २०७९ असार १४ गते मंगलबार १६:४२:२४ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान पार्टी बहुपदीय हुने भएको छ ।

बामदेव गौतम संयोजक रहने गरी मंगलबार घोषणा भएको पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ । पार्टीमा एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी वहन गर्ने गरी सात उपाध्यक्ष, एक महासचिव, एक उपमहाचिव, एक सचिव र एक कोषाध्यक्षसहित १२ सदस्यीय पदाधिकारी रहने जनाइएको छ ।

यस्तै एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने गौतमले बताए । यस्तै, १५ सदस्यीय स्थायी कमिटी रहनेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top