ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वोच्चको आदेश:प्रतिनिधिसभाको चुनावमा कैदीबन्दीलाई पनि सहभागी गराउनू

नेपालगाथा २०७९ असार १३ गते सोमबार १९:२०:०३ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीको मतदाता नामावाली सङ्कलन तथा अध्यावधिक गर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले शुक्रबार सरकारको नाममा उक्त अन्तरिम आदेश गरेको हो ।

आदेशमा भनिएको छ, ‘हाल मिति २०७९/३/१ देखि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य सञ्चालन अवस्थामा रहेको हुँदा हाललाई आगामी हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको निर्वाचन प्रयोजनका लागि कैदीबन्दीको मतदाता नामावली सङ्कलन तथा अध्यावधिक गर्नु गराउनू ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top