होमपेज / राजनीति
काठमाडौं । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध नहुने निर्णय नेपालले अमेरिकालाई पठाएको छ ।
अमेरिकी इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत सो प्रोग्राम रहेको भन्दै नेपालमा व्यापक विरोध भएको थियो । व्यापक विरोधपछि मन्त्रिपरिषद्को बैठकले नै एसपीपीमा सहभागी नहुने निर्णय गर्दै अमेरिकालाई जानकारी दिने निर्णय गरेको थियो ।
सोमबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाएको बताएका हुन् ।मन्त्रिपरिषद् बैठक संख्या १०/०७९ को निर्णय अनुसार चलानी नम्बर म.बै/३२१/७०७९ मा पत्र पठाइएको हो ।