होमपेज / राजनीति
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणमा सर्वोच्चमा दायर रिटमाथि सोमबार सरकारी पक्षले बहस सकाएका छन्।
धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजी) नियुक्त गर्ने निर्णयविरुद्ध दायर भएको रिट फेरि हेर्दाहेर्दैमा परेको छ। सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा यो रिटमाथि सुनुवाइ भएको हो । सरकारले ज्येष्ठता तथा बरीयता मिचेर आईजी बढुवा गरेको भन्दै एआईजी विश्व पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
सो रिटमाथिको अर्को सुनुवाइ यही असार १९ मा हुनेछ ।