ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित

नेपालगाथा २०७९ असार १२ गते आइतबार १६:३२:३६ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले राखेको प्रस्ताव पारित हुन असफल भएको छ । 

प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद  सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए ।

उनले निर्णयार्थ पेस गर्नु अघि गणपूरक संख्या गणना गर्न माग गरेका थिए ।३ मिनेट समय दिएर सांसदको संख्या गणना गर्दा ६३ जनामात्र उपस्थित भएको पाइएको थियो । त्यसपछि सभामुख सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top