होमपेज / राजनीति
काठमाडौं । एकीकृत समाजवादीका १० जना सांसदमध्ये ६ जनाले संसदीय दलको बैठक माग गर्दै अध्यक्ष माधव नेपाललाई बुझाएको हस्ताक्षर फिर्ता लिएका छन् ।
शनिबार काठमाडौंमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित ६ सांसदले आफूहरू भ्रममा परेर यसअघि हस्ताक्षर गरेको भन्दै अहिले हस्ताक्षर फिर्ता लिएको लिखित जानकारी गराएका हुन् ।
पार्टी नेतृत्वले विगतमा कमजोरी भएको र अब सच्याउने प्रतिवद्धता जनाएपछि आफूहरुले हस्ताक्षर फिर्ता लिएको सांसद गोपाल बमले बताए ।हस्ताक्षर फिर्ता लिनेमा आलेसहित धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र बीनादेवी बुढाथोकी रहेको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।