ट्रेण्डिङ

होमपेज / राजनीति

तिमीहरु दास हौ, हामीलाई धारेहात नलगाऊ:अध्यक्ष नेपाल

नेपालगाथा २०७९ असार ११ गते शनिबार १४:१६:४७ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका १० स्थायी कमिटी सदस्यप्रति तीब्र आक्रोश पोखेका छन् ।

उनीहरु दास भएर एमालेमा बसेको भन्दै आफूहरुतिर धारेहात नलगाउन चेतावनी दिए । पार्टी केन्द्रीय कमिटी बैठकलाई संबोधन गर्दै उनले आफ्नो पार्टीलाई अनावश्यक गाली नगर्न पनि आग्रह गरेका छन् । 

अध्यक्ष नेपालले भने– नेकपा एमालेबाट विद्रोह गर्नु जायज थियो । हामीले नगरेको भए कि दास भएर बस्नुपथ्र्यो कि राजनीतिबाट पलायन हुनुपथ्र्यो । अहिले म कथित १० भाइका कुरा सुन्दैछु,उनीहरुको दिमागबाट नशा उत्रेको छैन । तथानाम लेखिरहेका छन्, म हेरिरहेको छु । उनीहरु त्यहाँ दास भएर बसेका छन्, पदीय गरिमका सम्मान पाएका छैनन् तर पनि दास भएर बसेका छन् । म चेतावनी दिन्छु हामीलाई धारेहात लगाउँने दुस्साहस नगरुन् । दिमागबाट नसा उत्रेछेको छैन ? तथााम लेखिरहेका छन्,दास भएर बसेका छन्, पदीय गरिमाको सम्मान पाएका छैनन् । धारेहात लगाउँने दुस्सासह नगरुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top