ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टलाई निर्वाचन आयोगले मान्यता नदिए विकल्प खोज्छौँ:रवि लामिछाने

नेपालगाथा २०७९ असार १० गते शुक्रबार १७:२४:०१ मा प्रकाशित

काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले पार्टीको नामका विषयमा उत्पन्न विवादका विषयमा पहिलो पटक प्रष्टीकरण दिएका छन् ।

लामिछानेले आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टलाई निर्वाचन आयोगले मान्यता नदिए त्यसको विकल्प आफूहरूसँग रहेको  बताएका छन् ।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले पार्टीको नामलाई मान्यता दिएन भने तपाईंको के तयारी छ ? भन्ने प्रश्नमा लामिछानेले भने, ‘छ । ‘हामीलाई विश्वास छ निर्वाचन आयोगले मान्यता दिन्छ, दिनुपर्छ जस्तो लाग्छ मलाई । ’

त्यस्तै लामिछानले आफ्नो पार्टी कुनै स्वतन्त्र उम्मेदवारविरुद्ध नभएको दाबी गरेका छन्। रविले भने, ‘हामीले स्वतन्त्र रूपमा उठ्नुभएका वा उठ्न चाहेकाहरुलार्ई पनि समेट्ने सोच राखेर पार्टी गठन गरेका हौँ । स्वतन्त्रका विरुद्ध हामी छैनौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top