ट्रेण्डिङ

होमपेज / राजनीति

पार्टी छोडेर जाने तागत कसैसँग छैन:राजेन्द्र पाण्डे

नेपालगाथा २०७९ असार १० गते शुक्रबार १७:११:४६ मा प्रकाशित

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष राजेन्द्र पाण्डेले मन्त्रीबाट निकालिए पार्टी छोड्ने धम्की आए पनि कसैसँग पार्टी छाडेर जाने तागत नभएको बताएका छन् । 

 पाण्डेले शनिबार बेलुकीसम्ममा नयाँ मन्त्रीहरुको सपथ हुने बताएका छन् ।पार्टी कार्यालयमा पत्रकारले मन्त्रीहरुले फिर्ता हुन नमानेको बारेमा सोधेको प्रश्नको उत्तर दिँदै पाण्डेले भने, ‘फिर्ता हुने नहुने भोलि बेलुकीसम्म थाहा पाउनुहुन्छ’, उनले भने , ‘यी साथीहरु जान्छन्, अर्को लट आउँछ ।’

उनले मन्त्री फेर्ने विषयमा पार्टीले निर्णय गरेर नाम पठाउँदाको समय पनि उपयुक्त नभएको स्वीकार गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top