होमपेज / राजनीति
काठमाडौं । एमालेको अनुपस्थितिका कारण बहुमत पुग्न नसकेपछि हेटौँडा उपमहानगरपालिकाको ११औँ नगरसभा सञ्चालन हुन सकेको छैन ।
आवश्यक गणपुरक संख्याको अभावमा शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको नगर प्रमुख मीनाकुमारी लामाले घोषणा गरेकी हुन् ।शुक्रबार बिहान १० बजेका लागि बोलाइएको नगरसभामा नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरु सहभागी भएनन् ।
९५ सदस्यीय नगरसभामा हालसम्म नगरप्रमुख र उपप्रमुखसहित ४० जनाको मात्रै उपस्थिति छ । तर, नगरसभा सञ्चालन गर्न ५१ प्रतिशत अर्थात् ४८ जनाको अनिवार्य उपस्थिति हुनुपर्ने कानुनी व्यवस्था छ ।