ट्रेण्डिङ

होमपेज / राजनीति

याेगेश भट्टराईले भने-परिस्थिति तपाईंकाे काबुभन्दा बाहिर जानेछ भनेर माधव नेपाललाई भनेकाे पल स्मरण भइरहेकाे छ

नेपालगाथा २०७९ असार १० गते शुक्रबार १४:२९:११ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका सचिव याेगेश भट्टराईले एमाले विभाजन गराउन सक्रिय खेलाडीहरूलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले बिस्तारै चिन्दै जाने बताएका छन् । 

एकीकृत समाजवादीमा देखिएको विवादको विषयमा टिप्पणी गर्दै एमाले सचिव भट्टराईले परिस्थिति अध्यक्ष नेपालको काबुभन्दा बाहिर जाने अवस्थामा पुग्न लागेको बताएका छन् । सरकारमा रहेका मन्त्री हेरफेर गर्ने विषयमा विवाद चर्किँदै जादा एकीकृत समाजवादी पार्टीमा संकट उत्पन्न भएकाे छ । मन्त्री फिर्ता बाेलाउने निर्णय नमान्ने भन्दै १० सांसदले अध्यक्ष नेपाललाई पत्र समेत पठाएका छन् । 

''एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि उहाँले नमाने पछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ', भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ' हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरू कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ । आत्माबोध र पश्चाताप : सिर्फ कहिले ?' 

प्रतिक्रिया

सम्बन्धित खवर

Top