होमपेज / राजनीति
काठमाडौं । एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरको निर्णयविरुद्ध उभिएका छन् ।
अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको समयमा मन्त्री फेर्ने निर्णय अस्वाभाविक भएको बताएका छन् ।ध्यानाकर्षण पत्रमा मन्त्रीहरूलाई 'अपराधी'जस्तो व्यवाहार गरिएको उल्लेख छ । स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमार झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बमलगायतले हस्ताक्षर गरेका छन् ।
एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री (रामकुमारी, विरोध, प्रेम र कृष्णकुमार)लाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्री हेरफेर गर्ने निर्णयले पार्टीमा खटपट बढिरहेको बेला नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।