होमपेज / राजनीति
विराटनगर । मोरङका उद्योगी र मजदुरले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।
शर्माको राजनीनामा माग्दै पूर्वका उद्योगी, व्यवसायी र मजदुर बिहीबारदेखि सडक आन्दोलनमा उत्रिएका हुन।बजेटले निर्धारण गरेको कर पुनःविचार गर्ने अर्थमन्त्री शर्माको प्रतिबद्धता कार्यान्वयन नभएको विरोधमा मोरङका उद्योगी व्यवसायी फेरि सडकमा आएका हुन्।
यसअघि उद्योगीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर भन्सार नीति परिवर्तन गर्न आग्रह गरेका थिए । शर्माले आश्वासन दिए पनि माग सम्बोधन नभएपछि बिहीबारबाट आन्दोलन सुरु गरेका हुन् ।