होमपेज / राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले चाँडै नै मन्त्रीहरू हेरफेर हुन लागेको जनाएको छ ।
बुधबार र बिहीबार बसेको सचिवालय बैठकले पार्टीको निर्णय कार्यान्वयनमा जोड दिएको हो । बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘अब दिनहरुमा होइन, घण्टाहरुमा मन्त्रीहरु हेरफेर गर्ने दिशामा लागिरहेको छ ।’यही असार १० गते बस्ने पार्टीको पोलिटब्युरो, ११ गते बस्ने केन्द्रीय कमिटीको बैठकलगायत कार्ययोजनाका बारेमा पनि छलफल भएको उनले जानकारी दिए ।
विगतको भद्र सहमतिलाई कार्यान्वयन गराउन मन्त्री हेरफेर हुन लागेको उनले बताए ।२२ जेठमा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ सूची पठाएको थियो ।