ट्रेण्डिङ

होमपेज / राजनीति

विप्लव नेतृत्वको नेकपाका चार नेताले छाडे पार्टी

नेपालगाथा २०७९ असार ९ गते बिहीबार १४:२०:३२ मा प्रकाशित

काठमाडौं ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पूर्व पोलिट्ब्युरो सदस्य तथा सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित चार जना नेताले सामूहिक राजीनामा दिएका छन् ।

केन्द्रीय सल्लाहकार सदस्य शंकर बहादुर खड्का ‘सिकन्दर’, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी ‘अग्नि’ र हाल विशेष कमिटी सदस्य रमेश परियार ‘जीवन’ संयुक्त विज्ञप्ति जारी पार्टीमा नरहने जानकारी गराएका हुन् । 

उनीहरूले राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा आफूहरू पुगेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top