ट्रेण्डिङ

होमपेज / राजनीति

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्यसम्पदानमा रोक

नेपालगाथा २०७९ असार ८ गते बुधबार १६:५२:०५ मा प्रकाशित

 काठमाडौं । घूस लेनदेनको अडियो प्रकरणमा जोडिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्यसम्पदानमा रोक लगाइएको छ ।

इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिलाउन जिल्ला न्यायाधीश र वकिलबीच दुई करोड रुपैयाँको डिल भएको अडियो सार्वजनिक भएपछि न्याय परिषद्ले तीन सदस्यीय जाँचबुझ समिति बनाएको छ ।

बुधबार बसेको न्याय परिषद्को बैठकले तत्कालका लागि उनलाई ‘काम गर्नबाट वञ्चित गर्ने’ निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top