होमपेज / राजनीति
काठमाडौं । अडियो कान्डमा मुछिएका न्यायाधीश राजकुमार कोइरालाले आफ्नाबारेमा आएका समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
कोइरालाले आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन् ।उनले फेसबुकमा लेखेका छन्,“म बारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । म बाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । म माथि न्यायपरिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिवद्धता व्यक्त गर्दछु,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।
उनले कानुन व्यवसायी रुद्र पोखरेलसँग आफूभन्दा माथिबाट पनि संकेत पाए धरौटीमा छाड्न सक्ने र त्यसका लागि १० करोड पाउनुपर्ने भनी मोलमोलाइ गरेको अडियो सार्वजनिक भएको छ।