ट्रेण्डिङ

होमपेज / राजनीति

रवि लामिछानेले खोलेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी

नेपालगाथा २०७९ असार ८ गते बुधबार १३:५८:४३ मा प्रकाशित

काठमाडौं । रवि लामिछानेले खोलेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । 

स्वतन्त्र उमेदवारी अभियानले उजुरी दिएको हो ।उजुरीकर्ताले रविको पार्टीको नाममा स्वतन्त्र शब्द राख्न नहुने माग गरेका छन् । “पूर्वपत्रकार रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी दर्ताको लागि निवेदन दिएको भन्ने कुरामा स्वतन्त्र उमेदवारी अभियानको गम्भीर ध्यानाकर्षण हुनुका साथै स्थानीय तहमा देशैभरि स्वतन्त्र उमेदवारी दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उमेदवारी घोषणा गरेका वा स्वतन्त्र उमेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह/संस्थालाई गम्भीर आघात पुगेको छ,” विज्ञप्तिमा भनिएको छ ।

मंगलबार लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top