ट्रेण्डिङ

होमपेज / राजनीति

रवी लामिछानेले गरे 'राष्ट्रिय स्वतन्त्र पार्टी' घोषणा

व्यवस्था बदल्न नभई, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा

नेपालगाथा २०७९ असार ७ गते मंगलबार १६:२१:१४ मा प्रकाशित

काठमाडौँ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले नयाँ राजनितिक पार्टीको घोषणा गरेका छन् । आज (मंगलबार) राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा उनले नयाँ दल निर्माणको घोषणा गरेका हुन् । लामिछानेले अहिले भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन् ।

लामिछानेले भनेका छन्, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’

नयाँ पार्टी घोषणा गर्दै लामिछानेले आम निर्वाचनमा उठ्न चाहने व्यक्ति पार्टीभित्रैबाट प्राथमिक चुनाव जितेर आउनुपर्ने प्रणाली रहेको पनि बताए ।

 सञ्चार कर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने आफू व्यवस्था बदल्न नभई, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका छन् ।

काठमाडौँको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले आफू ठुलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पारे ।

उनले आम नागरिकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताए । आफू भएका दलहरुले नागरिकको आशा विपरीत काम गरेको, जनमत गुमाउँदा पनि एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग गठबन्धन गरेर सत्तामा रहने प्रपञ्च गरिरहेको आरोप उनले लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top