होमपेज / राजनीति
काठमाडौं । दुई अर्ब १३ करोडको भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेलाई सफाइ दिएको छ।
विशेषले सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीसमेत रहेका निर्माण व्यवसायी विक्रम पाण्डे सहित २१ जनालाई सफाइ दिएको हाे।विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डे निर्दोष रहेको ठहर गरेको हो ।
आयोजना प्रमुख, सिचाइ विभागका इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशकसहित २१ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।