होमपेज / राजनीति
काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको तेस्रो विस्तारित केन्द्रीय कमिटी बैठकमा झगडा भएको छ ।
नेतृत्व चयनप्रति असन्तुष्ट रहेका समूहले बैठक हलमा विधि विधान लागु गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुटाकुट भएको हो ।अध्यक्ष पञ्चा सिंह र उपाध्यक्ष पवन कार्की पक्षबीच बैठक कक्षमै हात हालाहाल भएको बताइएको छ ।
महासचिव दीपेश पुन झडप रोक्न आफै मैदानमा उत्रिए पनि विरोध र नाराबाजी भएको छ ।गत असोजको महाधिवेशनमा अध्यक्ष चयन प्रक्रियादेखि नै अखिल क्रान्तिकारीमा विवाद भइरहेको थियो ।