ट्रेण्डिङ

होमपेज / राजनीति

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीलाई कारण सोध्ने निर्णय

नेपालगाथा २०७९ असार ५ गते आइतबार १५:१५:३३ मा प्रकाशित

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवा समितिको बैठकमा नआउनु अनुचित भएको भन्दै ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित हुनुलाई अनुचित भएको निर्णय गरेको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बोलाएको थियो। तर अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

पछिल्लो समय राजनीतिक वृत्तमा तरंग ल्याएको एसपिपीबारेको छलफलमा प्रधानमन्त्री नआएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का समिति सदस्यहरूले आलोचना गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top