होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेसम्म कहिल्यै निर्वाचित प्रधानमन्त्री नबनेको दाबी गरेका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित एमालेको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देउवा जहिले पनि जालझेल र तिकडमबाट मात्रै प्रधानमन्त्री भएको बताए ।
‘पाँच वर्ष हामीले काम गर्न पाउने हो भने अरू कसैले पनि साइनबोर्ड राख्ने स्थिति भएन । त्यस कारण आतंकित भएर मुद्दा मामिलामा गएर कांग्रेसले प्रधानमन्त्री जितेर ल्यायो । अहिले पनि शेरबहादुरजीले जितेर ल्याउनुभयो,’ उनले भने, ‘२०५२ साल भदौ १२ गते पनि जितेर ल्याउने उहाँ नै हो । शेरबहादुरजी निर्वाचनबाट जितेर फ्रेस प्रधानमन्त्री कहिल्यै हुनुभएको छैन ।
’‘पार्टीभित्रको जालझेल होस् की, देशभित्रको जालझेल होस्, संसदभित्रको जालझेल होस् की अदालतमा पुगेर हुने जालझेल होस् । जालझेल र तिकडमबाट मात्रै अहिलेसम्म शेरबहादुरजी प्रधानमन्त्री हुनुभा छ ।’ओलीले भने।