होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र माग गरेको छ ।
शुक्रबारको बैठकको निर्णय सुनाउँदै सभापति पवित्रा निरौला खरेलले सरकारको भनाइ मौखिक होइन निर्णयका रूपमा आउनुपर्ने बताइन् ।बैठकले एसपीपीको सन्दर्भमा अहिलेसम्म भएका पत्राचार तथा कागजातहरू पनि एक साताभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ ।
समिति सभापति पवित्रादेवी निरौलाले अमेरिकाको सैन्य रणनीति स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी ) र अमेरिकाको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री वासिङटन डीसी जाने विषयमा जानकारी लिन प्रधानमन्त्रीलाई समितिमा बोलाएको बताइन् ।