होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले परराष्ट्रमन्त्रीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई नकोट्याउन गरेको आग्रहको विरोध गरेका छन्।
शुक्रबार अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसद रावलले परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपीको विषय नकोट्याउँ भन्न नमिल्ने बताएका हुन् ।‘परराष्ट्रमन्त्रीले एसपीपी नकोट्याउँ भन्नुभएको छ; त्यस्तो भन्न मिल्दैन । यससम्बन्धी विस्तृत रुपमा जानकारी दिनु पदीय र कानुनी दायित्व हो‚’ उनले भने‚ ‘संसदीय समितिमा यो कुरा स्पष्ट राख्नुपर्छ ।’
उनले कुन मन्त्रीका पालामा एसपीपीको कुरा अघि बढेको हो त्यसको अध्ययनका लागि छानबिन समिति गठन गर्न माग पनि गरे ।