ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानसेनापति शर्माले भने-सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकालाई भनिसकेको छु

नेपालगाथा २०७९ असार ३ गते शुक्रबार १२:४९:४२ मा प्रकाशित

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जवाफ दिँदै प्रधानसेनापति शर्माले सैन्य गठबन्धन स्वीकार्य नहुने बताएका हुन् । उनले एसपीपी सम्झौता आफूहरूलाई मान्य नभएको पनि बताए । 

उनले भने, "सेनाले लेखेको हो ।यो कस्तो बेलामा लेखिएको हो भने२७ देशबाट सैनिक सहायता लिएकोमा अमेरिकाको एसपीपीसँग पनि लिएका हौँ।" त्यसबेला हामी विपदमा पर्दा सैनिक र गैरसैनिक सबैसँग सहयोग मागेको र उक्त पत्र सहयोग लक्षित भएको उनले बताए । 

उनले सैन्य गठबन्धन हुने भन्ने कुराको विरोध समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top