ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्री कार्कीले भने-अमेरिकी सेना नेपाल आउने कुरामा सत्यता छैन

नेपालगाथा २०७९ असार २ गते बिहीबार १६:४२:५२ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन्।उनले नेपाल सार्वभाैम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरू रहेकाले बिनाप्रक्रिया कुनै व्यक्ति, सेना आउने र रहने विषय कुरामै सीमित रहेको दाबी गरे।

उनले एमसीसी परियोजना कार्यान्वयनमा गइसकेको भन्दै अबका दिनमा नेपाली जनताले पाउने प्रतिफल देखिँदै जाने पनि बताए ।‘हाम्रो सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो। एक देशबाट अर्को देशको नागरिक आवतजावत गर्ने प्रक्रियाहरू छन्। ती प्रक्रियाबिना कुनै व्यक्ति, सेना आउने, रहने कुरा कुरा मात्रै हो। यसमा कुनै सत्यता छैन,’ मन्त्री कार्कीले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

Top