ट्रेण्डिङ

होमपेज / राजनीति

एसपीपीमा नेपाल सहभागी हुँदैन:गृहमन्त्री खाँण

नेपालगाथा २०७९ असार २ गते बिहीबार १४:५६:३५ मा प्रकाशित

काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुने नेपालको कुनै योजना नरहेको बताएका छन् । विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूकाे प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाकाे तर्फबाट प्रतिनिधिसभामा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले संसद्लाई सम्बोधन गर्दै भने, “नेपाल आवद्ध हुने निर्णय गरेको छैन । सोच पनि राखेको छैन । एसपीपीमा नेपाल आवद्ध भएको छैन । कुनै निर्णय पनि भएको छैन । नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्ध प्रयोग हुन दिँदैन ।”
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top