ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री देउवा आफूले सम्हालेको मन्त्रालयका तर्फबाट जवाफ दिन संसदमा किन उपस्थित भएनन्?

नेपालगाथा २०७९ असार २ गते बिहीबार १४:२४:२७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आफूले सम्हालेको मन्त्रालयका तर्फबाट जवाफ दिन पनि संसदमा उपस्थित भएनन् ।

विनियोजनक विधेयकमाथिको छलफलमा उठेका प्रश्नको रक्षामन्त्री एवं प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्रले जवाफ दिने कार्यसूची रहेको थियो ।तर उनले गृहमन्त्री बालकृष्ण खाँणलाई जवाफ दिन तोकेका संसद् सचिवालयलाई पत्र पठाएका थिए ।

 प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभामा जवाफ दिन सुरु गरेका छन् ।नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री अनुपस्थित हुनुको कारण माग गर्दै प्रधानमन्त्रीको जवाफ अरुले दिन नमिल्ने भन्दै नियमापत्ति जनाएका थिए ।

प्रधानमन्त्रीले एसपीपी सम्बन्धमा पनि जवाफ दिनुपर्ने माग संसदमा उठेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top