ट्रेण्डिङ

होमपेज / राजनीति

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै एमाले सांसदहरुले बहिस्कार गरे संसद

नेपालगाथा २०७९ असार २ गते बिहीबार १४:११:५२ मा प्रकाशित

 काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा उठेका प्रश्नहरूमाथि जवाफ दिइरहँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध गरेको हाे।लगतै एमाले सांसदहरु संसदबाट बाहिरिएका छन् ।प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री शर्माले बजेट बनाउँदा बिचौलिया छिराएको र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग एमालेको छ । 

‘अर्थमन्त्रीलाई विचौलियाले बचाउने भन्ने कुरा आइरहेको छ । के  प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बचाएर अपराधीको सति जान खोजेको हो ? हामी जवाफ चाहन्छौँ,’  एमाले सांसद भानुभक्त ढकालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top