होमपेज / राजनीति
रूपन्देही । लुम्बिनीमा राज्यमन्त्री विमलाकुमारी खत्री वलीले महिलामाथि गरेको हर्कतबारे मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै सदनमा बजेट प्रस्तुत गर्न दिने एमालेले माग गरेपछि सदन केही समयका लागि स्थगित भएको छ ।
आज ४ बजेका लागि बोलाइएको बैठक सुरु हुनै लाग्दा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वलीको विषयमा सरकारको जवाफ नआएसम्म सदन चल्न नदिने बताए । सभामुख पूर्ण घर्तिले जवाफका लागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
मंगलबार राज्यमन्त्री वलीले दाङ तुल्सीपुरस्थित प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेकी थिइन् ।