ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाललाई आघात पुग्ने सम्झौतामा हस्ताक्षर गर्दिनँ:प्रधानमन्त्री देउवा

नेपालगाथा २०७९ असार १ गते बुधबार १५:१४:५७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्ने गरी सरकारले कुनैपनि सम्झौता नगर्ने बताएका छन् ।

सत्तारुढ पार्टीका नेताहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।आज बालुवाटारमा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्दै देउवाले देशलाई आघात पुग्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रष्टाएका हुन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको हित विपरीत कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्रीले सत्तारूढ दलका नेताहरूसँग स्पष्ट पारेको बताएका थिए  ।‘मुलुकको हितमा नहुने सम्झौता म गर्दै गर्दिनँ । एसपीपी पहिलेदेखि नै चर्चामा आएको कुरा हो । सबैको सहमति नहुने विषयमा सम्झौता हुँदैन । कसैले गर् भन्छ भनेपनि गर्दिनँ’, देउवालाई उद्धृत गर्दै नेकपा एसका अध्यक्ष नेपालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top