ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने प्रयास स्वीकार्य छैन: प्रदीप ज्ञवाली

नेपालगाथा २०७९ असार १ गते बुधबार १४:३९:२८ मा प्रकाशित

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम स्वीकार्य नहुने चेतावनी दिएको छ । 

एमालेले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने र त्यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताएको छ । बुधबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले सरकारले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने प्रयास गरिरहेको र त्यसलाई आफूहरूले सफल हुन नदिने बताएका हुन् । 

नेपाल सैन्य गठबन्धनमा जोडिँदा नेपालको परराष्ट्रनीति उल्लंघन हुने ज्ञवालीको भनाइ थियो ।सांसद ज्ञवालीले अमेरिकासँग हुन लागेको भनिएको एसपीपी सम्झौतामाथि प्रश्न खडा गरे ।उनले भने, ‘एसपीपीका बारेमा मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिङ्गो समाज त्रसित, आशंकित र गम्भीर भएको छ । कमसेकम यो लेभेलसम्म यो सरकार पुग्ला कसैले पनि अपेक्षा गरेको थिएन ।’

राजनीतिक दलहरूसँग छलफल र परामर्श नै नगरी नेपाललाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी गराउन लागिएको भन्दै सांसद  ज्ञवालीले आपत्ति जनाए । उनले प्रश्न गरे, 'कसको कमान्ड, ब्यानरमा नेपाली सेनालाई अगाडि लिन खोजिँदैछ ? नेपालको एउटा छिमेकीको ढोकैनेर गएर सैनिक गतिविधि गर्न दिने ?'

प्रतिक्रिया

सम्बन्धित खवर

Top