ट्रेण्डिङ

होमपेज / राजनीति

वीरेन्द्रनगरका जनप्रतिनिधिले गरे सपथ र पदभार ग्रहण

नेपालगाथा २०७९ जेठ १० गते मंगलबार २३:५९:४० मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ र पदभार ग्रहण गरेका छन् । सपथ ग्रहणकाे कार्यक्रम सकिए लगत्तै वडाका जनप्रतिनिधिहरु वडामा र नगरप्रमुख र उपप्रमुखले नगरपालिकामा रहेकाे कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् । यस अघि नगर प्रमुख मोहनमाया ढकाल र उपप्रमुख नीलकण्ठ खनाल मंगलबार दिउँसो वीरेन्द्रनरको सहिद पार्कमा पुगेर सहिदकाे सम्झनामा पुष्प गुच्चा र माला अर्पण गरेका थिए ।

सपथ ग्रहण पछि उनीहरुले सहिदलाई सम्झदै कार्यकालकाे शुरुवात गरेका छन् । नगर प्रमुख ढकालले यहीँ जेठ ८ गते र नगर उपप्रमुख खनालले १० गते पद तथा गोपनियताको सपथ खाएका हुन् । वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका वडाध्यक्ष र सदस्यहरुले समेत १० गते नै सपथ खाएका छन् । 

सहिदहरुको सम्झनामा पुष्प गुच्छा माल्यार्पण गरेपछि नगर प्रमुख ढकाल र नगर उपप्रमुख खनाल वीरेन्द्रनगर नगरपालिका पुगेर पदभार ग्रहण गरे। नगर प्रमुख र उपप्रमुखसँगै वीरेन्द्रनगरका केही वडा अध्यक्षहरुले समेत पदभार ग्रहण गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top