ट्रेण्डिङ

होमपेज / राजनीति

​​​​​​​मूल्य वृद्धिका विरुद्धमा राष्ट्रिय युवा संघ र अनेरास्ववियुकाे विरोध 

नेपालगाथा २०७९ जेठ १० गते मंगलबार २३:२८:३१ मा प्रकाशित

सुर्खेत । निरन्तर मूल्य वृद्धि गरिरहेको सरकारको विरुद्धमा सुर्खेतमा विरोध प्रदर्शन भएको छ । पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिका विरुद्धमा विरोध प्रदर्शन भएको अनेरास्ववियुका नेता प्रेम खड्काले नेपालगाथालाई बताउनुभयो । राष्ट्रिय युवा संघ र अनेरास्ववियु सुर्खेतले मंगलबार सुर्खेतको मंगललढीचौकबाट विरोध प्रदर्शन गर्दै वीरेन्द्रचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्वोधन गर्दै नेता खड्काले परमादेश सरकारले दिनप्रतिदिन मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिरहेको आरोप लगाए । उनले भने, ‘सरकारले गरेको मूल्यवृद्धि फिर्ता नलिएमा राष्ट्रघाती सरकारको विरुद्धमा राष्ट्रिय युवा संघ र अनेरास्ववियुले देशभर विरोधका कडा कार्यक्रम गरेर घुँडा टेक्न बाध्य पारिनेछ ।’ कार्यक्रमलाई नवीन गिरीलगायतका विद्यार्थी नेताले सम्वाेधन गरेका थिए । 
सरकारले पछिल्लो एक हप्ताको अन्तरमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top