होमपेज / राजनीति
तुर्माखाँद, अछाम । तुर्माखाँद गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर बि.सी.र उपाध्यक्ष बिमला शाहीले साेमबार विधिवत् रुपमा पदभार ग्रहण गर्नुभएकाे छ। पदभार ग्रहण गर्दै अध्यक्ष बि.सीले महत्वपूर्ण निर्णयहरू गर्नुभएकाे छ । यसक्रममा अध्यक्ष बि.सीले आगामी ५ वर्षमा वडा नं.१ देखि ८ सम्म विद्युत् प्रसारण लाईन विस्तार गरिसक्ने, स्थानीय स्राेतबाट पढाइरहेका पालिकाभरका शिक्षकहरुकाे पुर्ण व्यवस्थापन गाउँपालिकाले गर्नुका साथै कक्षा १० सम्मकाे विद्यालय शिक्षामा कुनै प्रकारकाे शुल्क नउठाउने र साे वापत विद्यालयमा विद्यार्थी संख्याकाे आधारमा एकमुष्ट अनुदान व्यवस्थापन गर्ने निर्णय गर्नुभएकाे छ ।

