ट्रेण्डिङ

होमपेज / राजनीति

मोरङको सुन्दर हरैँचाकाे मेयरमा नेकपा एमालेका गुरागाईं विजयी

एमालेले गठबन्धन हरायो

नेपालगाथा २०७९ जेठ ९ गते सोमबार ०८:०४:०९ मा प्रकाशित

मोरङ । मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् ।

गुरागाईंले निवर्तमान मेयरसमेत रहेका कांग्रेसका शिवप्रसाद ढकाललाई हराएका हुन्। गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत पाए ।

उपमेयरमा चौधरी २२ हजार ४ सय ५२ मतसहित विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top