होमपेज / राजनीति
गुराँस, दैलेख । गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवा खड्काले पदभार ग्रहण गर्दै गाउँपालिकाका नागरिककाे निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । गुराँस गाउँपालिकामा स्थायी बसोबास गर्ने दलित तथा एकल महिला घरमुली रहेको परिवारलाई प्रोत्साहनस्वरुप आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेटमा स्वास्थ्य बीमालगायत उचित सामाजिक सुरक्षा कार्यक्रमहरु समावेश गर्ने निर्णय गरेको छ ।
बैंकमार्फत् वितरण गरिएको वृद्धभत्तासहितका सबैखाले सामाजिक सुरक्षाभत्ता अब भौगोलिक विकटताको कारण बैंकसँग समन्वय गरी सम्बन्धित वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरेकाे छ ।
गाउँपालिकाको केन्द्रलगायत विभिन्न भागमा मोबाइल नेटवर्कको पहुँच नपुगेकाले जनस्तरमा असर परेको हुँदा दूरसञ्चार प्राधिकरणसँग आवश्यक समन्वय गरी उक्त समस्या समाधान गर्ने र कक्षा १२ सञ्चालन भएका विद्यालयहरुमा वार्षिक परीक्षाको कार्यक्रम तय भैसकेको र उक्त परीक्षा सञ्चालन गर्न फर्निचर अभाव भएका विद्यालयहरुमा यथाशीघ्र फर्निचर व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।
गुराँस गाउँपालिकामा नयाँ नेतृत्वको पद बहालीसँगै जनतालाई धन्यवाद स्वरूप महत्पूर्ण ४ निर्णय गरिएका छ्न् ।
१) दलित तथा एकल महिला घरमुली रहेको परिवारलाई पालिकाको तर्फबाट स्वास्थ्य वीमा लगायत उचित सामाजिक सुरक्षा कार्यक्रमहरु समावेश गरिने ।
२) यसअघि प्रभु बैङ्कको रानीमत्तास्थित शाखा मार्फत् बृद्धभत्तासहितका सामाजिक सुरक्षाभत्ता वितरण गर्ने गरिएकोमा अब सम्बन्धित वडाबाटै वितरण गर्न बैङ्कसँग समन्वय गर्ने ।
३) कक्षा १० जोड २ सञ्चालन भएका विद्यालयहरुमा बार्षिक परिक्षाको कार्यक्रम तय भैसकेको र उक्त परिक्षा सञ्चालन गर्न फर्निचर अभाव भएका विद्यालयहरुमा यथाशिघ्र फर्निचर व्यवस्थापन गर्ने ।
४) गाउँपालिकाको केन्द्र लगायत विभिन्न भागहरुमा दुरसञ्चार प्रदायक मोवाइल नेटवर्कको पहुँच नपुगेकाले दुरसञ्चार प्राधिकरणसँग आवश्यक समन्वय गरी समस्या समाधान गर्ने ।