होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा मोहनमाया ढकाल विजयी भएकी छन् । यसैगरी उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका छन् । स्थानीय तह निर्वाचनको जारी अन्तिम मतगणना अनुसार नेकपा (एमाले) की ढकालले नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई पराजित गरेकी हुन् । ढकालले १६०३८ मत प्राप्त गरी विजयी हुँदा उनका निटतम् प्रतिद्वन्द्वी खड्काले १५४८४ मत प्राप्त गरी पराजित भए । ढकाललले खड्कालाई ५५४ मत अन्तरले पराजित गरिन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्दश्याम गिरीले १०००६ मत प्राप्त गरी पराजित भए । ढकाल निर्वतमान उपमेयरसमेत हुन् ।
उपप्रमुखमा एमालेकै नीलकण्ठ खनाल विजयी भएका छन् । उनले २०३६४ मत ल्याएर विजयी हुँदा गठवन्धनबाट नेकपा माओवादीकी उम्मेदवार शान्ति ढकालले ११५३३ मत ल्याएकी छन् । यस्तै राप्रपाकी लक्ष्मी कुमारी सार्कीले ३६९७ मत प्राप्त गरेकी थिइन । खनाल यस अघि वीरेन्द्रनगर वडा नं. ४ का निर्वाचित वडाध्यक्षसमेत हुन् ।