ट्रेण्डिङ

होमपेज / राजनीति

चन्दननाथको मेयरमा कठायत निर्वाचित

नेपालगाथा २०७९ जेठ ४ गते बुधबार १३:३३:४८ मा प्रकाशित

जुम्ला । चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएका छन् । उनी दुई हजार चार सय तीन मतसहित  चन्दननाथको मेयर पदमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी कांग्रेसका पदमबहादुर शाहीले  दुई हजार तीन सय ४१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए । यस्तै, कांग्रेसकी रामदेवी खड्का दुई हजार आठ सय आठ मत प्राप्त गर्दै उपमेयरमा विजयी भएकी छिन् । 

यहाँको सदरमुकाम खलंगा चन्दननाथ नगरपालिकामा सबै ठूला राजनीतिक दलहरूको आँखा गड्ने गरेकाे छ । तर, ठूला राजनीतिक दलहरूलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार कठायत मेयर पदमा विजयी भएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top