ट्रेण्डिङ

होमपेज / राजनीति

पूर्व पत्रकार बने बडिमालिका नगरपालिकाका मेयर र उपमेयर विजयी

नेपालगाथा २०७९ जेठ ३ गते मंगलबार १७:३४:५४ मा प्रकाशित

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा पत्रकारिता गरेका एमालेका उम्मेदवार अमर खड्का प्रमुखमा निर्वाचित भएका छन् । उनले ४०१८ मत पाएर विजयी भएका हुन् । खड्का केही वर्ष अघिसम्म काठमाडौंको दृष्टी साप्ताहिकमा काम गर्थे ।

यस्तै उपमेयर जितेकी नन्दा थापा पनि पत्रकार हुन् । उनले ४१७४ मत पाइन् । उपमेयरको उम्मेदवार हुनु अघिसम्म पनि सक्रिय पत्रकारितामा थिइन् । उनि प्रेस चौतारी बाजुराकी अध्यक्ष पनि हुन् ।

बडिमालिका नगरपालिकामा पराजित भएका कांग्रेसका उम्मेदवार धनराज पण्डित पनि पुर्व पत्रकार हुन् । उनी पत्रकार महासघ सदस्य समेत भइसकेका छन् । पन्डितले भन्दा खड्काले ३६६ मत बढी ल्याए विजयी भएका थिए । उप प्रमुखमा पनि थापा र राधिका सिंहको ८२३ मतको फरक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top