होमपेज / राजनीति
काठमाडौं । स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । मंगलबार दिउसाेसम्म १४४ पालिका जित्दै कांग्रेस पहिलाे पार्टी बनेकाे छ ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेले ९७ स्थानीय तहमा नेतृत्व जितेको छ । तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले ६९ स्थानीय तह जितेको छ । नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले ३ स्थानीय तहमा नेतृत्व लिएका छन् ।