होमपेज / राजनीति
सुर्खेत । चिङ्गाड गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
गाउँपालिकाको अध्यक्षमा बोधबिक्रम जिसी र उपाध्यक्ष पदमा मिना कुमारी रोकाया विजयी भएका छन् ।
६१ मतान्तरले नेकपा एमालेका जिसिले अध्यक्षमा निर्वाचित भएका छन । यसैगरि उपाध्यक्षामा रोकायले एक सय १२ मतान्तरले विजय भएकी छिन् । रोकायले तीन हजार पाँच सय ८१ मत प्रप्त गरेकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी मनमाया आर्चायले तीन हजार चार सय ६९ मत ल्याएकी छन् ।
यसैगरी गाउँपालिकाको १ नं. वडामा एमालेका टेकबहादुर रजाली, २ नं. वडामा नेपाली कांग्रेसका प्रेमबहादुर खड्का, ३ नं. वडामा कांग्रेसका वीरबहादुर जिसी, ४ नं. वडामा एमालेका टेकबहादुर राना, ५ नं. वडामा एमालेका लालबहादुर जिसी र ६ नं. वडामा कांग्रेसका भिमबहादुर बुढा विजयी भएका छन् ।