ट्रेण्डिङ

होमपेज / राजनीति

अछामको तुर्माखाँद गाउँपालिकामा एमाले विजयी

नेपालगाथा २०७९ जेठ ३ गते मंगलबार १०:००:११ मा प्रकाशित

अछाम।  अछामको तुर्माखाँद गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार डम्बर बिसी अध्यक्षमा र विमला शाही उपाध्यक्षमा विजयी हुनुभएको छ । मंगलबार सार्वजनिक गरिएको मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार भन्दा ३० मतको अन्तरमा विजयी हुनुभएको हो । 

बिसीले तीन हजार ५२३ मत र कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले तीन हजार ४९३ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमै माओवादी केन्द्रमा मनबहादुर वयकले तीन हजार ९१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेका विमला शाहीले ४९ मतान्तारमा विजयी हुनुभएको छ । शाहीले तीन हजार ५०१ मत र कांग्रेसका अनुजा सिजापतीले तीन हजार ४५२ मत पाएकी छन् । उपाध्यक्षमा माओवादी केन्द्रका पवित्रा उपाध्यायले तीन हजार १५५ मत प्राप्त गर्नुभएको छ ।  अध्यक्षमा विजयी बिसी एमाले अछामका उपसचिव र अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य हुन् । भने उपाध्यक्षमा विजयी शाही एमालेका अछाम जिल्ला सदस्य हुन् । स्थानीय तह निर्वाचन २०७४ मा तुर्माखाँद गाउँपालिकामा नेपाली काँग्रेस अध्यक्ष र उपाध्यक्षमा विजयी भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top