होमपेज / राजनीति
सुर्खेत । गुराँस गाउँपालिका वडा नं.८ को वडाध्यक्षमा दीपेन्द्र ओली निर्वाचित भएका हुन् । नेकपा एमालेबाट दीपेन्द्र ओलीले नेपाली काँग्रेसबाट उम्मेदवार भक्तबहादुर केसीलाई २३ मतले पराजित गरेका हुन् । ओलीले ५८२ मत प्राप्त गरेका छन् भने केसीले ५५९ मत प्राप्त गरेका छन् । वडा अध्यक्ष ओलीले युवाले अब गरेर देखाउने बेला आएको बताए । उनले सुशासन, समृद्धि र समाजवादको आधार तयार गर्न युवाले सक्नुपर्नेमा जोड दिँदै यसतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए । ओली झण्डै १२ वर्षअघिदेखि सुर्खेतमा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय थिए ।
उनी जागरण एफएमको स्टेसन म्यानेजर हुँदै पूर्व प्रदेश प्रमुख गोविन्द कलौनीको प्रेस सल्लाहकार समेत भइसकेका व्यक्ति हुन् । पूर्व पत्रकार ओलीले अहिले पनि खबर बजार नामक अनलाइन पत्रिका सञ्चालन गरिरहेका छन् ।