ट्रेण्डिङ

होमपेज / राजनीति

१३ ,७६५ मतगणना हुँदा सुवेदीको ४६ सय ८८ मत

भरतपुर महानगर अपडेट

नेपालगाथा २०७९ जेठ २ गते सोमबार १६:३७:१० मा प्रकाशित

चितवन । चितवनको भरतपुर महानगरपालिकामा १३ हजार ७६५ मतगणना सकिएको छ । अहिलेसम्म प्रमुख पदमा नेकपा (एमाले)का उमदेवार विजय सुवेदीले ४६ सय ८८ मत पाएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले ४६ सय २० मत ल्याएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ७४ मत पाएका छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५४ सय ८२ मत र राप्रपाकी उम्मेदवार हिमला गुरुङले ३७ सय २५ मत पाएकी छन् । यहाँ एमाले र राप्रपाबीच पनि चुनावी तालमेल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top