होमपेज / राजनीति
गुराँस, दैलेख । गुराँस गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर बिसी विजयी भएका छन् । यसैगरी उपाध्यक्षमा नेकपा एमालेकै शिवा कुमारी खड्का विजयी भएकी छन् । बिसी ४ हजार ६८१ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज ओलीलाई ९०६ मतान्तरले पराजित गरेका हुन् । पराजित खेमराज ओलीले ३ हजार ७७५ मत ल्याएका छन् ।
उपाध्यक्षमा विजयी खड्काले ४ हजार ६९८ मत ल्याई विजयी भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दीपाकुमारी बिसीलाई १ हजार १५३ मतान्तरले पराजित गरेकी छन् । पराजित बिसीले ३ हजार ५४५ प्राप्त गरेकी छिन् ।
विजयी भएपछि अध्यक्ष बिसीले अबको यात्रा समृद्ध गुराँस र सुखी गुराँसबासीका लागि हुने बताउनुभयो ।

अबको पाँच वर्ष बिसी र खड्काले गुराँस गाउँपालिको समृद्धि र विकासका लागि काम गर्नेछन् । यसैगरी ८ वटा वडा रहेको गुराँस गाउँपालिकामा १ र २ वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने बाँकी ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
अघिल्लो ०७४ को निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार वली र बिसी दुवैले एमालेलाई फराकिलो मतअन्तरले पराजित गरेका थिए ।
हेर्नुहोस् सुची
गुराँस गाउँपालिका अध्यक्ष– टोप बिसी (नेकपा एमाले)
गुराँस गाउँपालिका उपाध्यक्ष – शिवा कुमारी खड्का (नेकपा एमाले)
१ नं. वडा अध्यक्ष – धर्म बहादुर रावल (नेपाली काँग्रेस)
२ नं. वडा अध्यक्ष – शेर बहादुर रावल (नेपाली काँग्रेस)
३ नं. वडा अध्यक्ष – काशिराम शर्मा (नेकपा एमाले)
४ नं. वडा अध्यक्ष – खड्क बहादुर शाही (नेकपा एमाले)
५ नं. वडा अध्यक्ष – भुपेन्द्र चन्द (नेकपा एमाले)
६ नं. वडा अध्यक्ष – चन्द्र बहादुर राना (नेकपा एमाले)
७ नं. वडा अध्यक्ष – नन्द वि.सी. (नेकपा एमाले)
८ नं. वडा अध्यक्ष – दिपेन्द्र ओली (नेकपा एमाले)